एजेन्सी, ३ पुस । रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले प्रत्येक वर्षको अन्त्यमा पत्रकार सम्मेलनमार्फत आफ्ना केही महत्वपूर्ण बुँदाहरु सार्वजनिक गर्ने गर्छन् । महामारीको कारण यस वर्ष अनलाईनमार्फत् आफ्नो पत्रकार सम्मेलन सम्पन्न गरेका छन् । रुसको प्रत्येक क्षेत्रबाट आएको प्रश्नको उत्तर दिँदै अगामी एजेन्डाहरु नगरिक माँझ बिहीबार सार्वजनिक गरेका हुन् । अनलाई पत्रकार सम्मेलन करिब साँढे चार घण्टा चलेको थियो ।
उनले रुसीद्वारा कोरोना महामारी परास्त गर्न चालिएको कदमको विषयमा जानकारी गराएका छन् । रुसले कोरोना महामारीलाई साकारात्मक ढंगले परास्त गर्न प्रभावकारी कदमहरु चालेको प्रष्टाएका छन् । अन्य देश भन्दा रुसले कोरोना परास्त गर्न छिट्टै सफल हुने भएको छ ।
महामारीको बेला कुनै देशले आफ्नो प्रणालीलाई विकास गर्न सफल भएको थिएन् तर रुसले आफ्नो पव्रणालीलाई विकास गर्दै अगाडी बढेको बताए । पुटिनले रुसद्वारा निर्माण गरिएको कोरोना भाइरस खोप ९७ प्रतिशत प्रभचावकारी रहेको स्पष्ट पारेको छन् ।
पुटिनले भने, ‘रुस कोरोना खोप निर्माण गर्ने पहिलो देश बनेको थियो । ग्यामलेया साइन्टिफिक इन्सटित्युटले निर्माण गरेको खोप ९५ प्रतिशत सुरक्षीत र प्रभावकारी छ । यो प्रतिशत वैज्ञानिकका अनुसार बढेर ९६ खथवा ९६ प्रतिशतसम्म पुग्ने छ ।’ अगामी ६ महिना भित्र कोरोना महामारीलाई नियन्त्रण गर्न सक्ने प्रतिबद्वता व्यक्त गरेका छन् ।
नभाल्नी केसको प्रश्न उठ्दा राष्ट्रपति पुटिनले भने, ‘एलेक्सि नभाल्नी जो अहिले उपचारको क्रममा छन् । उनले अमेरिकी खुफियाँ एजेन्सीलाई मद्दत पुर्याएका थिए । तर, उनलाई विष दिनु अन्य कारण थियो ।’ उनले अेमरिकी खुफियाँ एजेन्सीलाई सहयोग गरेको कारण उनी माथि एजेन्सीले नजर राख्नु स्वभाविक कुरा रहेको बताए । तर, त्यसकारण नै उनलाई विष दिएर मानु कुनै आवश्यकता नरहेको प्रष्टाएका छन् । कसैले उनलाई किन यस्तो गर्छन् भन्दै प्रश्न तर्साए । उनलाई विष लिएर मार्नु कसैको चाल थियो भने उक्त व्यक्तिले उलनाई त्यसबेलै मार्ने थिए ।
वाइडेनको कार्यकालमा रुस र अमेरिकाबीच सम्बन्ध कस्तो होला ?
रुस र अमेरिकाबीचको केही समस्याहरु वाइडेनको कार्यकालमा समाप्त हुने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनने आशा व्यक्त गरेको छ । पुटिनले भने, ‘अमेरिकाको नयाँ राष्ट्रपतिको रुपमा चयन भएको जो बाइडेनले अहिलेको घटना क्रम र आवश्यकता राम्रो संग बुझेका छन् । उनी यस्तो मानिस हुन् जसले घरेलु र विदेशी नितीलाई राम्रो संग अनुभवका साथ अगाडी लग्न सक्षम छन् । र, केही समस्यााहरु जे निस्केका छन् उनीहरु पूर्ण रुपमा हल हुनेछ ।’
रुसी संविधान संशोधनको बारेमा राष्ट्रपति पुुटिनले संविधान संशोधन सही समयमा भएको स्पष्ट पारे । उनले भने, ‘प्रत्येक कुरा सही समय मै गर्नु उचित हुन्छ । प्रत्येक समाग्रीको मूल्य बढी रहेको अवस्थामा मिलेर अगाडी बढ्यौँ त्यसरी नै संविधान संशोधन गरिएको हो । कानुनको आधारमा संशोधन भएको छ । एकसाथ थुप्रै काम गर्नु असम्भव थियो ।’ उनले संशोधनमार्फत सामाजिक सुरक्षा, पेन्सनको सुरुक्षा, सानो तहका लागि विशेष ज्यालाको व्यवस्था गरिएको प्रष्टाए । संविधानका आधारभुत विषयहरु क्ेही नबदलेको राष्ट्रपित पसटिने स्पष्ट पारे ।
जीडिपीको विषयमा पुटिनले अन्य युरापेली मुलुकको तुलनामा हाम्रो जीडिपी योरै रहेको बताए । उनले भने, ‘रुसको जीडिपी ३.६ प्रतिशत छ । यो युरोपका मूख्य देशको तुलनामा कम छ । तर, हाम्रो अर्थतन्त्र अमेरिकाको तुलनामा निकै राम्रो छ ।’ रुसको औद्योगीक उत्पादन ३ प्रतिशतमा सिमीत भएको छ । उक्त प्रतिशत तेलेको मूल्यको कारण रहेको बताएका थिए । ओपेकले आफ्नो उत्पादनको परिमाण घटाएको कारण रुसको समपूिर्ण क्षेत्रमा गिरावट देखिएको पुटिने व्यक्त गरे ।
नोर्ड स्ट्रिम २ प्रोजेक्टको विषयमा पुटिनले नोर्ड २ ग्यास पाइपलाइनले विशेषगरी युरोप र जर्मनीको अर्थतन्त्रमा सुधार हउाने बताए । जो बाइडेनको कार्यकालमा युरोपको हितमा काम अुने समेत बताएका थिए । नोर्ड २ ग्यास पाइपलाइनले छिट्टै पूर्णता पाउनेछ । यो लगभग पूर्ण समाप्त भइसकेको छ । मरिब १६५ कि.मी मात्र बाँकी रहेको बताए ।
रुस अन्य देशका लागि कति घातक रहेको विषयमा पुटिनले पश्चिमी मुलुकको तुलनामा रुस सहज र स्पचछ रहेको स्पष्ट पारेका थिए । कुनै फाइदा विना जुन देश स्वतह आफ्ै विकास गर्न चाहन्छ उनीहरुलाई हाम्रो सहयोग सधै हुनेछ ।-Photo: Agency