Logo

तास खेल्ने ८ जना पक्राउ



काठमाडौं, ३ पुस । तास खेलिरहेको अवस्थामा ८ जना पक्राउ परेका छन् । काठमाडौं दरबारमार्गस्थित वानओक रेष्टुरेण्ट एण्ड लन्चबारको तेस्रो तलामा तास खेलिरहेको अवस्थामा भक्तपुर चाँगुनारायणका २८ वर्षीय प्रकाश लामा लगायत ८ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले उनीहरुलाई तास खेलिरहेको अवस्थामा नगद ५ लाख १८ हजार रुपैयाँ र २७ थान तास सहित फेला पारी पक्राउ गरेको जानकारी दिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्