Logo

रुसले अन्तराष्ट्रिय खेल संगठनहरुसंग निरन्तर काम गर्न आवश्यकः रुसी खेलकुद मन्त्री



एजेन्सी, ३ पुस । रुसले अन्तराष्ट्रिय खेलकुद संघ/संगठनहरुसंग निरन्तर काम गर्न आवश्यक रहेको रुसी खेलकुुद मन्त्री ओलेग म्याटिटसिनले बताएका छन् । संधहरुको सहकार्यमा काम गर्दा रुसले मूख्य खेलकुद कार्यक्रमहरुलाई आयोजना गर्न सक्ने उनले स्पष्ट पारेको थिए ।

रुसका खेलाडीलाई केही समय अघि डोपिङको चार्ज लागेको थियो । खेलकुदको विशेष अदालतले वल्र्ड डोपिङ एजेन्सीसंग सम्झौता गरी राष्ट्रिय झण्डा खेलाडीले नउठाँउन पाउँदा दर्शकले राष्ट्रिय झण्डा उठाउन सक्ने छ । रुसी एथलीटले डोपिङ चार्ज लागेको कारण उनीहरुले दूई वर्षसम्म महत्वपूर्ण खेल नपाइने र राष्ट्रियझण्डा उठाउन नपाउने गरी डोपिङ एजेन्सीेले नियम लगाएका थिए ।

रुस सधै एक राम्रो समकक्षीको रुपमा अन्तराष्ट्रिय स्तरमा आफ्नो नाम कायम गरेको छ मन्त्रीे बताए । उनले भने,‘हामी आफ्ना खेलाडीहरुलाई सही ढंगले खेलको लागि तयार गर्ने छौँ । खेलाडीको तर्फबाट पहिले जस्तै व्यवहार नहुने स्पष्ट पारेका छन् । अगामी दिनहरुमा रुसले मूख्य खेलको आयेजना गर्ने उनले विश्वास व्यक्त गरे । खेलकुद अदालतको फैसलालाई रुसले साका।ात्मक ढंगले हरिरहेको बताए ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot