Logo

६ वर्षीया बालिकालाई बलात्कार गर्ने युवक पक्राउ



म्याग्दी, ३ पुस । जबरजस्ती करणी गरेको अभियोगमा म्याग्दीका एक युवक पक्राउ परेका छन् । ६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बेनी नगरपालिका–५ पुलाचौरका १७ वर्षीय किशोरलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

उनले ती बालिकालाई जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जानकारी दिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्