Logo

अजय देवगनले साउथ फिल्मको हिन्दी रिमेक बनाउने



एजेन्सी, ३ पुस । बलिउड हस्ती अजय देवगन आफ्नो अभिनयमा जति सक्रिय छन् त्यत्ति नै हालको समयमा एक निर्माताको रुपमा फिल्मप्रति चासो देखाइरहेका छन् ।  उनी अब आउने नयाँ फिल्मको निर्माणलाई लिएर चर्चामा  छन् । भर्खरै मात्र उनले तेलुगु क्राइम कमेडी फिल्म ‘ब्रोचेवारेवरुवा’ अधिकार खरिद गरेको खबर बाहिर आएको छ ।

अजयले पैन इन्डिया अडियन्समा पेस गर्नेछन् । उनले यस फिल्ममा अभय देओल र सनी देओलको छोरा करण देओललाई लिन चाहेका छन् । अजयले हिन्दी रिमेक फिल्ललाई ‘वेल्ले’ नाम दिदैछन् ।

खबर अनुसार फिल्मको निर्देशन देवेन मुन्जालले गर्दैछन् । अजयलाई फिल्मको कहानी मन परेर तुरुन्तै अधिकार खरिद गर्ने निर्णय गरेका थिए । उनले यो फिल्मको कहानी पुरै देशमा बताउन चाहन्छन् । टिमले अभयसँग कुरा गरिरहेको छ । यस भुमिकामा अभय फिट हुन बताइएको छ ।

करण पहिलो पटक आफ्नो काकासँग फिल्मको पर्दामा काम गर्न पाउँदा निकै उत्साहित छन् । २०१९ मा रिलिज भएको तेलुगु फिल्म ‘ब्रोचेवारेवरुरा’ मा तीन साथीहरु ‘आर थ्रि’ ब्याच मा राकी, रैम्बो र राहुलको कहानी देख्न सकिन्छ ।

अजयले हालैमात्र अभिषेक बच्चनको फिल्म ‘द बिग बुल’ लाई पनि प्रोड्युस गरेका थिए । यसको साथै उनले मेडे, गोलमाल ५, मैदान,द प्राइड अफ इन्डिया जास्ता रिमेकमा पनि अभिनय गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्