एजेन्सी, ३ पुस । टाइगर श्राफलाई लिएर हिरोपन्ती २ बन्ने घोषणा भइसकेको छ । अभिनेत्रीको रुपमा तारा सुतारियाको नाम आइसकेको छ । तर तारा भन्दा अगाडी यस फिल्मको लागि सारा अलि खान छानिएकी थिइन् । हाल भने साराले यस अवसरको मौका गुमाएकी छिन् ।
फिल्मसँग जोडिएको एक सुत्रको अनुसार सारा अलि खानले कम समयमानै आफ्नो पहिचान बनाएकी हुन् । यसकारण हिरोपन्ती २ का निर्माताले सारालाई लिने निर्णय गरेका थिए । सारा र टाइगर पहिलो पटक एकै फिल्ममा काम गर्ने थिए । सारासँगको कुराकानीको क्रम अन्तिममा पुगेको थियो ।
सुत्रको अनुसार, यसबिचमा सुशान्त सिंह राजपुतको केसको विषयमा लागुऔषध प्रकरणमा साराको नाम मुछिएपछि विवाद भयो र तारालाई लिने कुरा भएको थियो । हाल साराले लागुऔषध प्रकरणमा सफाई पाइसकेकी छिन् । यद्यपि फिल्म भने उनको हातबाट चुकिसकेको छ ।
हिरोपन्ती २ को शुर्टिङ युएईमा सुरु हुँदैछ । यसमा टाइगर र ताराले रोमान्स गर्नेछन् । साराको कुली नं १ पनि अमेजन प्राइम भिडियोमा २५ डिसेम्बरमा रिलिज हुँदैछ ।