Logo

पुटिनले भनेः रुसी खोप ९७ प्रतिशत प्रभावकारी



एजेन्सी, ३ पुस । रुसी कम्पनी ग्यामेलियाद्वारा विकास गरिएको स्पुतनीक भी खोपको प्रभाव ९७ प्रतिशतसम्म हुने विश्वास रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले गरेका छन् । उनले बिहीबार वार्षिक पत्रकार सम्मेलनमा यस्तो विश्वास व्यक्त गरेका हुन् । उनले भने, ‘रुस कोरोना खोप उत्पादन गर्ने पहिलो देश हो । ग्यामेलिया र भेक्टर सेन्टरद्वारा निर्मित दूवै खोप सुरक्षीत र प्रभावकारी छन् । वैज्ञानिकका अनुसार उक्त खोपको प्रभाव ९६ देखि ९७ प्रतिशत हुनेछ ।’

एस्ट्रेजेनेका सँग रुसी खोपको सहकार्य

रुसी खोप स्पुतनीक भी र ब्रिटिश स्वीडिस फार्माद्वारा निर्मित खोपको संयुक्त सहकार्यले सकारात्मक नतिजा दिने पुटिनेको विश्वास रहेको छ । उनले भने, ‘हाम्रो विदेशी साथीहरुले कोरोना महामारीका बेला हामी तीर हात बढाएका छन् ।

उनीहरु हामीसंग सहकार्य गर्न सहमत भएका छन् । उनीहरुका खोपमा केही समस्या देखिएको कारण उनीहरुले हामीसाग सहकार्य गर्न खोजेको हो। दूवै खोप कम्पनीहरुबीच सम्झौता भइसकेको छ । हामी गर्भ महसुस गर्छौ यस्ता ठूला कम्पनीहरु हामी संग सहकार्य गरेका छन् । र, यसले विश्वलाई एउटा साकारात्मक सन्देश दिएको छ । यसले भविष्यमा सही नतिजा निकाल्न सफल हुनेछ ।’-Photo: Agency



प्रतिक्रिया दिनुहोस्