Logo

नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्ग, निर्माणले गति लिँदै



धादिङ, पुस ४ । नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्ग निर्माण कार्यले गति लिन थालेको छ । यही पुस १० देखि सुरुङ मार्ग खन्ने गरी तयारी भइरहेको सुरुङ मार्ग आयोजनाले जनाएको छ ।

आयोजना प्रमुख नरेशमान शाक्यका अनुसार सुरुङ मार्ग खन्न आवश्यक तयारी अन्तिम चरणमा पुगेको छ । पुस १० बाट सुरुङ खन्ने काम सुरु गरिने छ । पूर्वनिर्धारित कार्यक्रमअनुसार मङ्सिर पहिलो हप्तादेखि नै सुरुङ खनिने लक्ष्य रहे पनि कोभिड–१९, जग्गाको मुआब्जा विवादलगायतका कारण पूर्वनिर्धारित समयमै सुरु हुन नसकेको आयोजनाले जनाएको छ ।

सुरुङ मार्गको मुखमा राखिने स्टिलको फ्रेम राख्ने काम भइरहेकाले अब छिट्टै सुरुङ खन्न सुरु गरिने आयोजनाले जनाएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्षको कात्तिक ४ गते उक्त सुरुङ मार्ग शिलान्यास गर्नुभएको थियो । आयोजना प्रमुख शाक्यका अनुसार अहिले कार्यस्थलमा २० जना जापानी प्राविधिकसहित दुई सयभन्दा बढी जनशक्ति काममा खटिइरहेको आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्