Logo

उखुमा दुःख



जनकपुरधाम, पुस ४ । किसानले पहिला उखु खेतीबाट नगद आम्दानी देखे। धान, गहुँ, मकै छाडेर उखु उब्जाउन थाले। ‘मैले जीवनमा उखु खेतीबाटै हजारको नोट देखेको थिएँ’, महोत्तरीको बर्दिबास–६ किसाननगरका नीलबहादुर लुम्रे भन्छन्, ‘पहिले उखु लिएको १५ दिनमै भुक्तानी दिन्थे।’

तर, उखु खेती बढेपछि मिल मालिकको मन बदलियो। उखु लिएर भुक्तानी दिन झुलाउन थालेको उनको अनुभव छ। ‘खेतमा उखु खेती गर्न थालेपछि अन्न किनेर खानुपर्ने भयो। तर, मिलले उधारोमा उखु लिएर भुक्तानी समयमा दिन छाडे’, उनी भन्छन्, ‘चुलो बाल्नै मुस्किल पर्न थाल्यो। त्यसपछि मैले त उखु खेती नै छाडें।’ डेढ बिघामा उखु लगाउने उनी धान, गहुँ, मकै खेतीमै फर्किएका छन्।

बर्दिबास–१३ बिजलपुराका रामप्रकाश महतोले पनि उखु खेती छाडेका छन्। पसिना बगाएर उब्जाएको उखुको रकम उद्योगीबाट उठाउन आँसु बगाउनुपरेकोमा चित्त नबुझेको उनी सुनाउँछन्। ६ वर्षयता उनले एक धुरमा पनि उखु लगाएका छैनन्, पहिला एक बिघामा खेती गर्थे। ‘चिनीको मूल्य बढ्यो तर किसानको उखुको भाउ बढ्दै बढेन’, उनी भन्छन्।

उखुको मूल्य उद्योगीले नै तोक्थे। किसानको आन्दोलनमा उत्रिएपछि सरकार, उद्योगका प्रतिनिधिको त्रिपक्षीय बैठकबाट तोक्न थालिएको छ। सरकारले ‘क्रसिङ सिजन’ ०७७/७८ का लागि प्रतिक्विन्टल ५ सय ४४ रुपैयाँ तोकेको छ। किसानले ६ सय १७ रुपैयाँ माग गरेका छन्। मूल्य निर्धारण गर्न समयमै सहमति नजुट्दा उखु खेतमै सुक्न थालेको आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्