Logo

प्रचण्डलाई भेट्न खुमलटारमै पुग्दै ओली



काठमाडौं, ४ पौष । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार जाँदैछन् । पार्टीभित्र विवाद समाधान गर्न ओली आफै प्रचण्डलाई भेट्न खुमलटार जाँदैछन् ।

ओली र प्रचण्डबीच दुई बुँदे सहमति भएपनि पालना भएको छैन । सहमति भएपनि प्रधानमन्त्री ओलीले संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिएका छ्रैनन् । अध्यक्ष प्रचण्डले सचिवालय हुँदै स्थायी कमिटीमा पेश गरेको प्रतिवेदन फिर्ता लिएका छैनन् । यसले दुई अध्यक्षबीच विवाद चर्किएको छ ।



प्रतिक्रिया दिनुहोस्