Logo

प्रचण्ड भेट्न खुमलटार जाँदै प्रधानमन्त्री ओली



काठमाडौं, ४ पुष । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद उत्कर्षमा पुगेको बेला प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली अर्का अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न दाहाल निवास खुमलटार जाने भएका छन् । बालुवाटार स्रोतले जनाएअनुसार प्रधानमन्त्री ओली अहिले केही बेरमा दाहाल निवास पुग्दैछन् । हिजो बालुवाटारमा ओलीलाई भेट्ने क्रममा दाहालले म मात्रै कति धाउने, यसो कहिलेकाहीँ तपाईँ पनि मेरोमा आउँदा हुन्छ त भनेपछि ओली आज विहान १० बजे दाहाल निवास जाने हिजै तय भएको थियो । अहिले खुमलटार आसपासको सुरक्षा व्यवस्था मजबुद बनाईएको छ । File Photo



प्रतिक्रिया दिनुहोस्