Logo

प्रधानमन्त्री ओली र गृहमन्त्री बादलबीचको भेटवार्तामा दुई मन्त्रीपनि थपिए



काठमाडौं, ४ पुष । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना पार्टीका नेताहरुसँगको भेटवार्तालाई बढाएका छन् । आज विहान अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न दाहाल निवास खुमलटार पुगेका प्रधानमन्त्री ओली त्यहाँबाट बाहिरिएलगत्तै गृहमन्त्री रामबहादुर थापा बादललाई भेट्न पुल्चोक पुगेका छन् । उक्त भेटवार्तामा भौतिक पूर्वाधारमन्त्री वसन्त नेम्वाङ र स्वास्थ्यमन्त्री भानुभक्त ढकालपनि सहभागी भएका छन् ।



प्रतिक्रिया दिनुहोस्