पुष ४, काठमाण्डौ । कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सबै क्षेत्र बन्द गराइएको थियो । माउन्टेन फ्लाइट पनि स्थगित गरिएको थियो । मंसिर २० गतेदेखि खुला गरेसँगै माउन्टेन फ्लाइट पुरानै अवस्थामा फर्किदै छ ।
नेपालका कोरोना महामारी नियन्त्रणमा नआएपनि आन्तरिक पर्यटन प्रवद्र्धनका लागि नीजि हवाई सेवा प्रदायकहरुले पर्वतीय उडानलाई तिव्रता दिएका हुन् । बन्दाबन्दीको करिब आठ महिनापछि गत मङ्सिर २० गतेदेखि नियमित पर्वतीय उडान शुरुआत भएको थियो । महामारीका कारण विदेशी पर्यटक नभए पनि आन्तरिक पर्यटकलाई लक्षित गर्दै निजी क्षेत्रका ठूला वायुसेवा कम्पनी बुद्ध एयर र यती एयरलाइन्सले पर्वतीय उडान शुरु गरेका हुन् ।
पर्वतीय उडानमा पर्यटकहरुले दोर्जेलाक्पा, गौरी–शङ्कर हिमाल, नुम्बर, चोयु, पुमोरी हुँदै सगरमाथा हिमाल तथा ल्होत्से अमादब्लम हुँदै मकालु हिमाल अवलोकन गर्न पाउछन् । यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले शुरुआती पर्वतीय उडान उत्साहवद्र्धक रहेको र यात्रुको मागबमोजिम उडान सङ्ख्या पनि क्रमशः थपिँदै जाने बताए । आन्तरिक पर्यटकको संख्या बढेको भन्दै उनले अव साताको दुई दिन शनिबार र आइतबार पर्वतीय उडान गर्ने जानकारी दिए ।
आन्तरिक पर्यटकहरुले कोरोना पछि पर्वतीय उडान मार्फत बिभिन्न हिमश्रृखलाको अवलोकन गर्न पाउदा खुसी व्यक्त गरेका छन् । पर्वतीय उडानमा यात्रुको उत्साहवद्र्धक माग बढ्पछि सेवा प्रदायक कम्पनीले काठमाडौं बाहेक सिमराबाट पनि पर्वतीय उडान सुरु गरेका छन् । पर्वतीय उडानमा एक टिकट खरिदमा अर्को टिकट सित्तैमा पाउने अफर ल्याएका कारण यात्रु बढेको एयरलाइन्सले जनाएका छन् ।