Logo

माछापुच्छ्रे बैंक लिमिटेडको २२औँं वार्षिक साधारणसभा सम्पन्न, १०.४ प्रतिशत लाभांश पारित



काठमाडौं, ४ पुष । माछापुच्छ्रे बैंक लिमिटेडको २२औँं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन बैंकका अध्यक्ष डा. वीरेन्द्र प्रसाद महतोले गरेका हुन् । गत बिहीबार होटल पोखरा ग्राण्ड, पोखरामा सम्पन्न २२औं साधारणसभाले बैंकको आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै बैंकको सञ्चालक समितिले प्रस्ताव गरेअनुसार सेयरधनीहरुलाई हालको चुक्ता पूँजीको १०.४ प्रतिशत लाभांश जसमध्ये ३.३७ प्रतिशत नगद र ७.०३ प्रतिशत बोनस लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।

त्यस्तै, साधारणसभाबाट बैंकका सर्वसाधारण सेयरधनी समूहको तर्फबाट जय मुकुन्द खनाल, विश्वप्रकाश गौतम तथा सृजना कार्की भट्टराईलाई आगामी ४ वर्षको लागि सञ्चालक समितिको सदस्य पदमा निर्विरोध निर्वाचित गरेको छ । बैंकले २२औं साधारणसभा सम्पन्न भएसँगै त्यही मितिबाट आफ्ना सेयरधनीलाई लाभांश वितरण गर्न शुरु गरिसकेको पनि जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्