काठमाडौं, ५ पुष । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न अहिले बालुवाटार पुगेका छन् । स्थायी कमिटी बैठक बस्नुअघि छलफल गर्न दाहाल बालुवाटार पुगेको बताईएको छ । तर, आजै विहान बसेको मन्त्रिपरिषद बैठकले संसद विघटनको लागि सिफारिश गर्ने निर्णय गरेको छ । यसले नेकपाभित्रको विवाद निर्णायक मोडमा पुगेको छ । File Photo/ReportersNepal