काठमाडौं, ५ पुष । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच छलफल सुरु भएको छ । आज बसेको मन्त्रिपरिषद बैठकले संसद विघटन गर्न सिफारिश गरेपछि त्यसको विरोधमा चौतर्फी आलोचना भैरहेको छ । यही विषयमा छलफल गर्न भन्दै अध्यक्ष दाहाल बालुवाटार गएका हुन् । अहिले अध्यक्षद्धयबीच छलफल जारी छ । यसअघि दाहालले ओलीको उक्त कदमको विरोध गरेका थिए । र, ओलीले गणतन्त्रमाथि नै कू गरेको प्रतिक्रिया दिँदै सशक्त प्रतिवाद गर्ने उद्घोष गरेका थिए । आफ्नो निवास खुमलटारमा आफूनिकट नेताहरुसँगको परामर्श र छलफलपछि दाहाल बालुवाटार आएका हुन । File Photo