काठमाडौं, ५ पौष । सरकारले वैशाखमा मध्यावधि चुनावको मिति घोषणा गर्ने तयारी गरेको छ । वैशाखको अन्तिम हप्तामा चुनाव हुने गरी मिति घोषणा गर्न लागेको बुझिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक डाकेर प्रतिनिधिसभा बिघटनको सिफारिश राष्ट्रपतिसमक्ष गरेका थिए । त्यसमा उनी ब्याक नहुने अडानमा छन् । राष्ट्रपतिले सरकारको सिफारिशलाई अनुमोदन गरेलगत्तै मध्यावधि चुनावको घोषणाको निर्णय गर्नुपर्ने हुन्छ ।
प्रधानमन्त्रीनिकट उच्च स्रोतका अनुसार २३ वैशाखका लाग मध्यावधि चुनावको मिति घोषणा गर्ने तयारी भएको छ ।