Logo

प्रधानमन्त्री ओलीविरुद्ध नेकपा नेता/कार्यकर्ता सडकमा उत्रिए, लगाए ‘सर्वसत्तावादी कदम खारेज मूर्दावाद’ को नारा



काठमाडौं, ५ पुष । संसद विघटन गरेको भन्दै आफ्नै पार्टीका नेता तथा कार्यकर्ताहरु यतिवेला प्रधानमन्त्री केपी शर्मा ओलीको विरुद्धमा प्रदर्शनमा उत्रिएका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध नेकपाका नेता तथा कार्यकर्ताले आज देशव्यापी रुपमा विरोध प्रदर्शन गरेका छन् । प्रदर्शनमा ओलीईतर समूहका नेता तथा कार्यकर्ता सहभागी छन् । माइतीघरमा निकालिएको प्रदर्शनमा उत्रिएका नेकपा नेता, कार्यकर्ताहरुले ‘संसद विघटनको असंवैधानिक कदम खारेज गर’, ‘पुस १ को नयाँ संस्करण, पुस ५ को संसद विघटन’, ‘सर्वसत्तावादी कदम खारेज मूर्दावाद’, ‘संसद विघटन जनमतको धोका हो’ लगायतका नारा लगाएका छन् । Photo Source: Facebook Live/Screentshot



प्रतिक्रिया दिनुहोस्