Logo

संसद विघटनअगावै प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको खुलासा



काठमाडौं, ५ पुष । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छिन् । मन्त्रिपरिषदको सिफारिशअनुसार राष्ट्रपतिले संसद विघटन गरेकी हुन् । तर, संसद विघटन अघि नै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कै सांसदहरुले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएको खुलासा भएको छ ।

प्रधानमन्त्री ओलीविरुद्ध नेकपाका ९३ जना सांसदहरुको हस्ताक्षरसहित संसद सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता भएको खुल्न आएको छ । यसरी अविश्वासको प्रस्ताव दर्ता गराउन नेकपा सांसदहरु भीम रावल र पम्फा भुषाललगायत गएका थिए । अविश्वासको प्रस्ताव विहान साँढे दश बजे दर्ता भएको बुझिएको छ । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्