Logo

लागूऔषध सहित ४ जना पक्राउ



काठमाडौं, ५ पुस । अवैध लागुऔषधसहित ४ जना पक्राउ परेका छन् । जितपुर सिमरा उपमहानगरपालिका–२१ चकरीबाट करिब ४ किलो ५ सय ग्राम अवैध लागूऔषध गाँजा सहित सोही स्थानका राजेश प्रसाद यादव लगायत ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

ना.५ प ५७४ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय अमलेखगन्जबाट खटिएको प्रहरीले जाँच गर्दा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको बताएको छ ।
त्यस्तै मोरङको सुनवर्षी नगरपालिका–९ डाइनियाबाट नियन्त्रित लागूऔषध एकसय एमएलको १ बोतल स्काफ प्रोसिभन, ११ ट्याब्लेट नाईट्राभेट, ४२ ट्याब्लेट ओपिडोल र १ थान मोबाईल सहित पथरी शनिश्चरेका बिक्रम पासवाललाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी डाईनियाबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस्