Logo

आफ्नै श्रीमानद्वारा श्रीमतीको हत्या



दाङ, ५ पुस । श्रीमतीको हत्या गरेको अभियोगमा एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा घोराही उपमहानगरपालिका–३ मोहननगर टोलका राजकुमार सार्की शनिबार बिहान पक्राउ परेका हुन् ।

राजकुमारले आफ्नै श्रीमती ३७ वर्षीया देवा सार्कीलाई कुटपिट गरी घाइते बनाएको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय दाङ र प्रहरी चौकी गोग्लीबाट खटिएको प्रहरीले घाइतेलाई उपचारको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङ पठाएकोमा उपचारको क्रममा देवाको मृत्यु भएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्