Logo

कोदालो प्रहारबाट छिमेकीको मृत्यु



स्याङ्जा, ५ पुस । कोदालो प्रहार गरी छिमेकीको हत्या गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । कोदालो प्रहार गरी छिमेकीको हत्या गरेको अभियोगमा हरिनास गाउँपालिका–५ आईडाँडाका रेशम रानालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

रानाले सोही ठाउँ बस्ने १४ वर्षीय शेर बहादुर थापालाई कोदालोले टाउकोमा हिर्काउँदा घटनास्थलमै मृत्यु भएपछि उनलाई प्रहरीले पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्