Logo

दाजुभाईको झगडा हुँदा छोराले बाबुको हत्या गरे



तेह्रथुम, ५ पुस । अंशबण्डको विषयमा दाजुभाईबीच कुटपिट हुँदा एकजनाको मृत्यु भएको छ । अंशबण्डको विषयमा दाजुभाइबीच कुटपिट हुँदा म्याङ्लुङ नगरपालिका–८ कोबेकका गणेश लिम्बुको शुक्रबार मृत्यु भएको हो ।

गणेश लिम्बु र उनका भाइ ४३ वर्षीय किर्तिमान लिम्बुबीच अंशको विषयमा बिवाद भई झगडा भइरहेको अवस्थामा गणेशका छोरा ३५ वर्षीय कुमार लिम्बुले उनीहरुलाई छुट्याउने क्रममा बाँसले हिर्काउँदा गणेश लिम्बुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरी चौकी जिरीखिम्तीबाट खटिएको प्रहरीले कुमारलाई पक्राउ गरेको बताएको छ । झगडामा गम्भीर घाइते भएका किर्तिमान लिम्बुलाई उपचारको लागि जिल्ला अस्पताल म्याङलुङ पठाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्