Logo

ऋतिक र अक्षयपछि शाहरुख खान पनि फराह खानबाट टाढीए



एजेन्सी, ५ पुस । बलिउडमा थोरैमात्र महिला फिल्म निर्देशक छन्, तर व्यवसायिक वा मसलेदार फिल्म बनाउनेमा फराह खान पनि एक हुन् । कोरियाग्राफरबाट निर्देशक बनेकी फराह खानले मै हुं ना, ओम शान्ती ओम, तीस मार खां र हेप्पी न्यु इयर जस्ता सफल फिल्म निर्देशन गरेकी छिन् । उनको तीस मार खाँ बाहेक सबै फिल्महरु सफल भएका थिए । फिल्म सफल भएपनि ६ वर्ष यता उनले कुनै फिल्म निर्देशन गरेकी छैनन् र उनको कोशिश बेकार भैरहेका छन् ।

वास्तवमा फराह खान तीस मार खां फिल्मबाट आलोचित भएकी थिइन् । त्यसपछि उनको फिल्म हैप्पी न्यु इयर बक्स अफिसमा बल्ल बल्ल सफलता हासिल गरेको थियो । यद्यपि उनको फिल्मलाई दर्शक र समिक्षकहरले मजाक उडाएका थिए । यसपछि फराह खानसँग अभिनेता शाहरुख खानले पनि दुरी बढाएका थिए । पछिल्लो केही वर्ष अगाडी फराह खानले अमिताभ बच्चन अभिनित फिल्म सत्ते पे सत्ताको रीमेक बनाउने तयारीमा थिइन् । यो फिल्मलाई राज एन.सिप्पीले निर्देशन गरेका थिए । फराहले यस फिल्म ऋतिक रोशनलाई लिएर बनाउने तयारीमा थिइन् । तर, ऋतिकले फराहलाई महिनौसम्म जवाफ दिएनन् । ऋतिकले लगातार फराहलाई टालटुल पार्दै गएपछि फराहले ऋतिकले काम गर्न नचाहेको बुझिन् ।

ऋतिक नमानेपछि अक्षय कुमारलाई फराहले अफर गरिन्, तर अक्षयले पनि अस्विकार गरे । जबकी उनले पहिले नै फराहसँग काम गरिसकेका थिए । हार मानेर फराह खान शाहरुख खान समक्ष पुगिन् । तर, त्यो समयमा शाहरुख खानको अवस्था थियो । उनलाई हिट फिल्मको आवश्यकता थियो तर फराह खान जस्ता निर्देशकसँग फिल्म गरेर जोखिम उठाउने हालतमा थिएनन् ।

त्यसपछि फराह खान रिमेक बनाउने चाहाना त्यागिन् । उनको साथमा नाम चलेका कलाकारहरु काम गर्न चाहादैनन् । उनले बनाउदै आएको जस्तो फिल्म अब दर्शकहरुले मन पराउदैनन् । सत्ते पे सत्ता ‘सेवन ब्राइड्स फर सेवन ब्रदर्स’ को अनअफिशियल रिमेक हो ।



प्रतिक्रिया दिनुहोस्