Logo

सुशान्त सिंह राजपुतका पिता केके सिंह अस्पताल भर्ना



एजेन्सी, ५ पुस । बलिउडका दिवंगत कलाकार सुशान्त सिंह राजपुतको निधन भएको ६ महिना भन्दा धेरै भएको छ । तर आजसम्म पनि मृत्युको कारण पत्ता लाग्न सकेको छैन । सीबीआईले यस विषयमा अनुसन्धान गरिरहेको छ । सुशान्तका परिवार हालसम्म पनि न्यायको माग गरिरहेका छन् । उनी बहिनी श्वेताले सामाजिक सञ्जालमार्फत पिता केके सिंह अस्पतालमा भर्ना भएको जानकारी दिएकी छिन् ।

वास्तवमा समाचार अनुसार केके सिंह मुटु सम्बन्धि रोगको कारण अस्पतालमा भर्ना भएका हुन् । उनी फरिदाबादको एशियन अस्पतालमा भर्ना भएका छन् । हाल उनी डाक्टरको रेखदेखमा छन् । अस्पतालमा सुशान्तका पिताको एक तस्वीर सामाजिक सञ्जालमा निकै भाइरल भएको छ । जसमा उनको साथमा दुई छोरी प्रियंका र नीतु सिंह देखिएका छन् । तस्वीरबाट उनी स्वस्थ हुँदै गएको बुझ्न सकिन्छ ।

सुशान्त सिंह राजपुत १४ जुनमा आफ्नै मुम्बई स्थित घरमा मृत भेटिएका थिए । उनको शव कोठामा भेटिएको थियो । सुरुवातमा प्रहरीले आत्महत्या बताएको थियो । तर, सुशान्तको परिवारले उनकी प्रेमिका रिया चक्रवर्ती र उनका परिवारमाथि गम्भीर आरोप लगाएका थिए । त्यसपछि भने सीबीआईले अनुसन्धानको लागि जिम्मा लिएको छ । सीबीआइृपछि एनसीबीको पनि यस मुद्दामा प्रवेश भएको छ । एनसीबीले यस विषयमा केही कलाकारहरुसँग सोधपुछ गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot