काठमाडौं, ५ पौष । पूर्व गृहसचिव प्रेमकुमार राई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा सिफारिश भएको खुलेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले रुचाएका पूर्व सचिव राइको अख्तियारमा प्रवेशले राजनीतिक र प्रशासनिकवृत्तमा तरंग ल्याएको छ ।
राईको नाम सिफारिश भएलगत्तै उनको नाममा एउटा एकाउन्टबाट कठोर कदम चाल्नेसहितका ट्वीटहरु धमाधम गरिएका छन् । जसमध्ये पहिलो ट्वीटमा भ्रष्टाचारीलाई कारबाही गर्न खुट्टा काप्ने छैन भनिएको छ । त्यसपछि आफ्नो पहिलो काम क्यान्टोनमेन्टको भ्रष्टाचारको फाइल र ललितानिवासको फाइल खोल्ने हुने उल्लेख छ । तयसपछि खानेपानी मन्त्रालयमा चरम भ्रष्टाचार भएको ट्वीट गरिएको छ ।
तर, जानकारीमा आएसम्म यो ट्वीटर एकाउन्ट प्रेमकुमार राईको आफ्नै होइन । यो कसैले बनाएर प्रयोग गरिरहेको छ ।
(नक्कली व्यक्तिले प्रेम राईको नामबाट एकाउन्ट खोलेर जथाभावी पोष्ट गर्न थालेपछि अहिले यसलाई बन्द गरिएको अवस्था छ ।)
ट्वीटहरुः