Logo

अनलाइनबाटै सिकाइ सुनिश्चित



काठमाडौं, पुस ६ । कोरोना भाइरसका कारण जाडो अवधिमा काठमाडौँ महानगर क्षेत्रमा विद्यालय खुल्ने सम्भावना न्यून भएपछि विद्यालयहरू वैकल्पिक विधिको पठनपाठनलाई नै थप प्रभावकारी बनाउने तयारीमा जुटेका छन् । भौतिक रूपले विद्यालय खुल्ने सम्भावना अब कम्तीमा पनि पुस महिनाभरि नरहेपछि वैकल्पिक मध्येको अनलाइन प्रणालीलाई नै प्रभावकारी बनाइने भएको हो ।

यस वर्षको शैक्षिक सत्र नै भर्चुअल रूपमा नै सकिन सक्ने सम्भावनासमेत देखिएका कारण यसलाई प्रभावकारी बनाउने र छुटेका विद्यार्थीलाई समेत जोड्ने कार्यमा आफूहरू लागेको जानकारी विद्यालयका प्रधानाध्यापकले दिएका छन् ।राजधानीको जनकल्याण माध्यमिक विद्यालयले कोरोना भाइरसका कारण विद्यालयको नियमित सम्पर्क आउन नसकेका विद्यार्थीको खोजी कार्य थालेको छ । विद्यालयमा अध्ययनरत पुराना विद्यार्थीमध्ये झन्डै दुई सयको हाराहारीमा विद्यार्थी अझै विद्यालयको सम्पर्कमा छैनन् ।

विद्यालयका प्रधानाध्यापक कुमारीकमला राईका अनुसार छुटेका विद्यार्थी खोजीका लागि कक्षा शिक्षक तथा अन्य शिक्षक जुटेका छन् ।गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्