Logo

मलेसियाबाट श्रमिकको मागबारे विवादास्पद धारणा



काठमाडौं, पुस ६ । वैदेशिक रोजगारी व्यवसायी कम्पनीले नेपाल र मलेसिया सरकारबीचको नयाँ श्रम समझदारीले मलेसियाबाट नेपाली श्रमिकको माग आउन छोडेको दाबी गरेका छन् ।

यो धारणा सरकारी निकायको सँग विवादास्पद छ ।व्यवसायीले नयाँ समझदारीपछि मलेसियामा चार÷पाँच हजारभन्दा बढी श्रमिक नेपाली श्रमिकको माग नआएको र नेपाल मलेसियासँगको एमओयू असफल भएको भन्दै आएका छन् ।

साथै व्यवसायीले मलेसियासँग श्रम समझदारी हुँदा पर्याप्त छलफल नभएको एकोहोरो र सस्तो नियम ‘शून्य लागत’ लादिएको र यो अन्यायपूर्ण रूपमा निजी क्षेत्रलाई बाइपास गरिएको परिणाम हो भन्दै आएका छन् ।नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष सुजितकुमार श्रेष्ठले नेपाल र मलेसियाको समझदारीपछि मलेसियाबाट नेपाली श्रमिकका लागि आउने माग बङ्गलादेश र भारततिर ‘डाइभर्ट’ भएको दाबी गरे।

यता मलेसियास्थित नेपाली दूतावासका अनुसार नेपाल र मलेसिया सरकारीबीचको नयाँ एमओयू कार्यान्वयनमा आएको चार–पाँच महिनाको बीचमा ७३ हजारभन्दा बढी श्रमिकको माग प्रमाणीकरण गरिसकेको छ । मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले समझदारीपछि पनि केही महिना अलमल भए पनि चार÷पाँच महिनाको बीचमा नेपाली श्रमिकको माग बढेको बताए।

उनले भने, “मलेसियामा माग बढिरहेका बेला कोभिड–१९ को असर देखिएको त्यसपछि रोकिएको अहिलेसम्म खुलेको छैन । अब केही समय पछि खुल्छ र पहिलेजस्तै माग आउँछ, यस विषयमा हामी विश्वास दिलाउन सक्छौँ । ”

रोजगारदाता कम्पनी सञ्चालक वा कम्पनीका जिम्मेवार व्यक्तिसँग श्रम समझदारीअनुसार श्रमिक ल्याउन तयार भएको भनेपछि मात्रै मागपत्र प्रमाणीकरण गर्ने गरिएको राजदूत पाण्डेले बताएको आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्