Logo

४० करोडको लगानीमा वाटर पार्क



विराटनगर, पुस ६ । पूर्वको प्रसिद्ध वनभोज स्थल सुनसरीका इटहरी–२, तालतलैया क्षेत्रमा ४० करोड रुपियाँको लगानीमा पूर्वकै पहिलो वाटर पार्क निर्माण गरिएको छ । चार जनाको समूहिक लगानीमा छ बिघा क्षेत्रफलमा यीपी ल्यान्ड एन्ड वाटर पार्क निर्माण गरिएको हो ।

पार्कको औपचारिक शुभारम्भ आगामी फागुन महिनामा गरिने भएको छ । नेपाल प्रहरी पूर्वएआईजी कृष्ण बस्नेत तथा पूर्वडीआईजी ज्ञानविक्रम शाह, इटहरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष भीमबहादुर पौडेल र काठमाडौँको वुपी ल्यान्ड एम्युजमेन्ट वाटर पार्कका सञ्चालक जगतबहादुर बस्नेतको संयुक्त लगानीमा पर्यटकीय क्षेत्र तालतलैयामा पार्क निर्माण गरिएको हो ।

पार्कका सञ्चालक विनोद पौडेलले कोभिड–१९ को जोखिम र बन्दाबन्दीका कारण गत चैतमा नै निर्माण सकेर वैशाखदेखि सञ्चालनमा ल्याउने तयारीमा रहेको पार्कमा आवश्यक थप संरचना तयार गरेर आगामी फागुनदेखि सञ्चालनमा ल्याउने बताउनुभयो । पार्कमा पानीसँग खेल्ने अत्याधुनिक वाटर स्लाइड आठवटा राखिएका छन् । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्