Logo

वामदेवको नयाँ दल खोल्ने तयारी



काठमाडौं, ६ पौष । नेपाल कम्युनिस्ट पार्टी फुटको घोषणा हुनमात्र बाँकी अवस्थामा छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार एकै दिन चालेका कदमहरुले नेकपालाई दुर्घटनाको अवस्थामा लगेको छ । नेकपा नेताहरु यो घटनासँगै कित्ता काटमा लागेका छन् ।

नेकपाको हालको सचिवालय सदस्यहरुले कित्ता काट गरिसकेका छन् । जस अनुसार ओली पक्षमा कुल चार सचिवालय सदस्य र प्रचण्ड पक्षमा पनि चारजनानै सचिवालय सदस्य छन् । वामदेव गौतम भने कुनै गुटमा नरहेको सन्देश दिन थालेका छन् ।

नेकपा फुट्ने निश्चितप्रायः भएपछि नेताहरुको आ आफ्नो तयारी छ । ओलीमाथि प्रचण्ड समूहले कारबाहीको सिफारिश गरिसकेको छ । स्थायी कमिटीले निर्णय गरेको सिफारिश केन्द्रीय समितिबाट टुंग्याउने तयारी छ । यो निर्णयसँगै नेकपाको औपचारिक विभाजन हुनसक्छ ।

नेकपा विभाजन भएमा वामदेव कता लाग्ने ? यो चासो बढेको छ । गौतम निकट स्रोतका अनुसार उनी कुनैपनि दलमा लाग्ने छैनन् । निकट स्रोतले भन्यो, उपाध्यक्षज्यू कुनै गुटमा हुनुहन्न । पार्टी विभाजन नै भएको अवस्थामा गौतमको आफ्नै तयारी भइसकेको छ । स्रोतका अनुसार उनी छुट्टै दल खोल्ने तयारीमा लागिसकेका छन् । ओली र प्रचण्ड दुवैको अलग दल भएमा गौतमको पनि अलग दल हुने बुझिएको छ ।

तर, गौतम अहिलेको सरकारमा सहभागी हुने या नहुने निश्चित भएको छैन । उनलाई उपप्रधानमन्त्रीसहित गृहमन्त्रीको प्रस्ताव आएको छ । त्यसमा उनी सकारात्मक बन्दै गएको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्