Logo

१३ थान भरुवा बन्दुक बरामद



बाग्लुङ, ६ पुस । १३ थान भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ । बाग्लुङस्थित विभिन्न स्थानबाट आइतबार दिउँसो १३ थान भरुवा बन्दुक बरामद भएको छ ।

बढिगाड गाउँपालिका–१ टुनडाँडास्थित स्यानडाँडा सामुदायिक बनको पैयुको रूखमुनी बेवारिसे रूपमा लुकाई राखेको अवस्थामा ८ थान, सोही गाउँपालिका–३ सिसाखानीस्थित लग्दी खोलाको किनारमा बेवारिसे अवस्थामा २ थान र गलकोट नगरपालिका–९ रिस्तिस्थित कार्तिकेको जंगलमा ३ थान (१ थान बेसाबुत समेत) भरुवा बन्दुक फेला पारी प्रहरीले बरामद गरेको जनाएको छ ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस्