Logo

युवकको मायामा परेर करीना कपुरले तोडेकी थिइन् घरको ताला



एजेन्सी, ६ पुस । बलिउड अभिनेत्री करीना कपुर हाल गर्भवतीलाई लिएर चर्चामा छिन् । हिन्दी सिनेमामा उनले दुई दशक पुरा गरेकी छिन् । हाल एक अन्र्तर्वातामा करीनाले किशोरवस्थाको कुरा गरेकी छिन् । जुनबेला उनलाई आमाले देहरादुनको बोडिङ स्कुलमा पठाएकी थिइन् ।

करीनाले बरखा दत्तसँग अन्र्तवार्ता दिदै आफ्नो पुरानो दिन सम्झेकी छिन् । उनले किशोरवस्थामा एक केटालाई भेट्ने चक्करमा दुःखमा फसेको बताएकी छिन् । उनले त्यो समयमा दिदी करिश्माले गरे जस्तै गर्न चाहेको पनि बताइन् । उनकी दिदी करिश्मालाई साथीसँग घुम्ने अनुमति थियो तर करीनालाई भने उनकी आमाले रोक्ने गर्थिन् । त्यो समयमा एक पुरुष मन परेको थियो करीनालाई । उसलाई भेट्न जान लाग्दा आमाले करीनाको फोन आफ्नो कोठामा लक गरेर राखिदिएकी थिइन् ।

उनले भनिन्, ‘साथीहरुसँग गएर केटासँग भेट्ने चाहान्थे ।’ करीनाको फोन कोठामा लक गरेर उनकी आमा खाना खान लागिन् । उक्त समयमा करीनाले आमाको कोठाको ताला फोरीदिइन् । फोनबाट साथीहरुसँग योजना बनाएको अनुसार घरबाट भागिन् ।

करीनाले त्यो समय अत्न्यन्तै नराम्रो भएको बताएकी छिन् । उनी घरबाट भागेपछि स्कुलमा आमाले फोन गरेर सबै जानकारी दिएकी थिइन् ।



प्रतिक्रिया दिनुहोस्