काठमाडौं, ६ पौष । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एनपी साउदले आफ्नो दल चुनावमा जान तयार भएको बताएका छन् ।आज रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै उनले काँग्रेस लोकतान्त्रिक दल भएकाले घोषित चुनाव देखि नभाग्ने स्पष्ट पारे ।
‘काँग्रेस चुनावबाट भाग्दैन सामना गर्छ,’ नेता साउदले भने,‘चुनाव स्वतन्त्र, धाँधलीरहित र निष्पक्ष गर्ने वातावरण बनाउनुपर्छ ।’ उनले चुनाव सुनिश्चित गर्ने कार्य सबैले गर्नुपर्ने बताए । यद्यपि, प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघटन गर्न चालेका कदमहरुलाई असंवैधानिक भने । ओलीको कदमले देशलाई अनिश्चिततातर्फ धकेलेको बताए । नेकपालाई जनताले बहुमत दिदादिदै जनतामाथि धोका भएको बताए । उनले भने,‘जनतामाथ नेकपाको अन्र्तद्वन्द्वको कारण धोकाधडी गर्ने काम भएको छ ।’