Logo

बहुलाहा कदम चाल्ने ओलीलाई सन्यास दिनुपर्छः जसपा नेता मनिष सुमन



काठमाडौं, ६ पौष । जनता समाजवादी पार्टीका नेता मनिष सुमनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बहुलाहाको संज्ञा दिदै तत्काल राजनीतिबाट सन्यास दिनुपर्ने बताएका छन् । रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै सनकी कदमलाई मान्यता दिन नहुने बताए ।

संसद बिघटन असंवैधानिक भन्दै सभामुखले विशेष संसद बोलाएर राष्ट्रपतिलाई जानकारी दिनुपर्ने बताए । उनले जनता यो कदमविरुद्ध सडकमा उत्रन तयार हुने समेत बताए । प्रधानमन्त्री ओलीले कुनैपनि बेला गलत कार्य गर्ने भनी आफूहरुले विगतमै सजग गराएको बताए । उनले भने,‘यो बहुलाहा सनकी प्रधानमन्त्रीले कुनैपनि बेला खतरनाक कदम चाल्नेछन् भनी सजग गराएका थियौं तर नेकपा र काँग्रेसका नेताहरुले चासो दिएनन् ।’

कुनै एक नेताको व्यक्तिगत स्वार्थका लागि संसद बिघटन गर्ने र संविधान नै समाप्त पार्ने कदम स्वीकार्य नभएको बताए । प्रधानमन्त्री ओलीले देशमा चुनाव गर्न नसक्ने ठोकुवा गरे । ओलीलाई सबैभन्दा पहिले आफ्नै दलको महाधिवेशन गर्न चुनौती दिदै भने,‘पहिलो आफ्नो दलको महाधिवेशन गराएर देखाउनुहोस् अनि चुनावको कुरा गर्नुहोस् ।’



प्रतिक्रिया दिनुहोस्