Logo

गौमुत्रको फाइदा



स्थानिय गाईको मुत्र एउटा सञ्जीवनी हो । सञ्जीवनी अर्थात जीवन दिन सक्ने सामथ्र्य भएको । गो–मुत्र अंमृत समान तत्व हो, जसले दीर्घ जीवन प्रदान गर्दछ । वन तथा चरनमा चरेर आउने गाईको मुत्र अत्यन्त गुणकारी हुन्छ । वनमा चर्दा गाईले ग्रहण गरेका विविध प्रकारका घाँसबाट प्राप्त हुने अनेकौ जडिबुटीको रस गोमुत्रबाट उपलब्ध हुन्छ । घरमै पालेर राखिने, चरनमा जान नसक्ने विदेशी गाईबाट यस्तोृ लाभदायक मुत्र प्राप्त हुँदैन् । बिहान तातो पानीमा २५ देखि ५० मिलिलिटर गोमुत्र अर्क मिसाएर पिउन सकिन्छ ।

गोमुत्र अर्कबाट हुने लाभ

संसोधित अर्थात छानेर, उमालेर वाष्पित गरी अनावश्यक तत्व उडाई, शुद्ध पारिएको गौ–मुत्र अधिक प्रभावकारी हुन्छ । यो रोगाणु रोधक, ज्वरनाशी, कवकरोधी र प्रतिजीवाणु बन्दछ ।

यसले एउटा जैविक टोनिक समान काम गर्दछ । शरीरका विभिन्न प्रणालीमा औषधि समान काम गर्दछ र हामीले भोजनमार्फत ग्रहण गर्ने आवश्यक भिटामिन, क्याल्सियम आदिा अन्य पोषक तत्व एवं औषधिय द्रव्यको क्षमता पनि बढाउँदछ । अर्को शब्दमा भन्नुपर्दा यसले हाम्रो शरीरको पोषण–ग्रहण गर्ने क्षमतामा सुधार ल्याउँछ । जसले गर्दा हाम्रो शरीरको विभिन्न अंग र प्रणालीले आफुलाई चाहिने पोषक द्रव्य राम्ररी पाउँछन् र तिनको प्रभाव पनि कयौ गुणा बढेको हुन्छ ।

-हाम्रो शरीरका कयौ अवयवसँग सम्बन्धित रोगहरु यथा मृर्गौला, कलेजो, पेटका आँत आदिको समस्या र यहाँसम्म की -क्षयरोग र क्यान्सरमा पनि गोमुत्र अर्कको प्रयोग लाभकारी हुने विशेषत बताउँछन् ।
-कब्जियत भएकालाई यसले लाभ पु¥याउँछ ।
-गोमुत्रसँग निमका पात पिसेर लगाउनाले सेतो दाग ठिक हुन्छ ।
-चिलाउने र अन्य चर्मसम्बन्धि समस्यामा पनि गोमुत्र निमको पेस्ट प्रयोग गर्नाले लाभ हुन्छ ।
-गोमुत्र अर्क पिउनाले रगत शुद्ध हुन्छ । यसबाट अशुद्ध रगतका कारण हुने विभिन्न चर्मसम्बन्धि समस्याले लाभ हुन्छ ।
-मोटोपना, एवं घुँडा दुख्ने समस्याबाट मुक्ति चाहानेले पनि गोमुत्रको सेवनले फाइदा गर्छ ।
-यसले हाम्रो शरीरबाट विषाणु, जीवाणु, विषादीलाई निकालेर शरीरलाई निर्मल बनाउँछ ।
-शरीरमा कोलस्ट्रोलको मात्रा धेरै भएमा मुटुमा समस्या हुन्छ । गामुत्रले बढेको रक्तश्रावलाई नियन्त्रण गर्छ । शरीरलाइ-विकारमुक्त राख्न गोमुत्रको नियमित सेवन गर्न सकिन्छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot