Logo

होङसीलाई वैशाखसम्ममा बिजुली



काठमाडौं, पुस ७ । साढे २ वर्षदेखि डिजेलकै भरमा सञ्चालन हुँदै आएको होङसी शिवम् सिमेन्टले विद्युत् पाउने अवधिमा अन्योल रहे पनि आगामी वैशाखसम्ममा पाउने सम्भावना बढेको छ ।

नेपाल विद्युत् प्राधिकरणअन्तर्गतको बर्दघाट–सर्दी (१३२ केभी) प्रसारणलाइन आयोजनाले साइटका कामहरू नियमित भएमा आउँदो वैशाखसम्ममा मात्रै बिजुली दिनसक्ने बताएको हो । यसअघि आयोजनाले फागुनदेखि चैतसम्ममा सिमेन्ट उद्योगलाई बिजुली उपलब्ध गराउने दाबी गरेको थियो ।

नवलपरासीको सर्दीमा रहेको उक्त उद्योगमा आयोजनाले २०७६ चैतसम्ममा विद्युत् पुर्‍याउने लक्ष्य राखेको थियो । ७० प्रतिशत वैदेशिक लगानीमा सञ्चालित मुलुककै ठूलो लगानीको सिमेन्ट उद्योगमा बिजुली पुर्‍याउन आयोजनाले वन तथा रूख कटानको अनुमति पाएकाले वैशाखसम्ममा बिजुली उपलब्ध हुने सम्भावना बढेको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्