Logo

ओली पक्षद्वारा ११ सय ९९ सदस्यीय महाधिवेशन आयोजक कमिटी गठन



काठमाडौं, ७ पौष । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली पक्षधरले महाधिवेशन आयोजक कमिटी गठन गरेको छ । आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले ११ सय ९९ सदस्यीय महाधिवेशन आयोजक कमिटी गठन गरेको छ ।

पार्टी केन्द्रीय कमिटीमा बहुमत नभएपछि ओलीले महाधिवेशन आयोजक कमिटी गठन गरेका हुन् । हाल केन्द्रीय कमिटीमा चार सय ४१ सदस्य रहेकोमा त्यसलाई महाधिवेशन आयोजक कमिटी बनाएर ७ सय ५८ जनालाई थप गर्न लागेका हुन् ।

ओलीले आफू निकटस्थ नेताहरुसँगको परामर्शपछि यस्तो कदम चालेका हुन् । यसलाई पार्टी कब्जा गर्ने र सुर्य चिन्ह आफैसँग राख्ने रणनीतिका रुपमा हेरिएको छ ।



प्रतिक्रिया दिनुहोस्