Logo

कब्जा गर्ने प्रतिष्पर्धासँगै नेकपा केन्द्रीय कार्यालयमा तालाबन्दी



काठमाडौं, ७ पौष । विभाजनको औपचारिक घोषणाको नजिक पुगेको नेपाल कम्युनिस्ट पार्टीभित्र केन्द्रीय कार्यालय कब्जा गर्ने संघर्ष शुरु भएको छ । अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षबीच पार्टी, झण्डा, चिन्ह र केन्द्रीय कार्यालय समेत कब्जा गर्ने प्रतिष्पर्धा बढेको छ ।

ओली पक्षले केन्द्रीय कमिटी बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा राखेको छ । तर, उक्त पक्षले धुम्बाराहीस्थित केन्द्रीय कार्यालय प्रचण्ड पक्षलाई प्रयोग गर्न रोकेको छ । धुम्बाराहीमा ओली पक्षका कार्यकर्ताले तालाबन्दी गरिदिएका छन् ।

तालाबन्दीपछि नेकपाको प्रचण्ड पक्षीय केन्द्रीय कार्यसमितिको बैठक कार्की बैंकेटमा बस्दैछ । अहिले दिउँसो १ बजेबाट बैठक शुरु हुँदैछ ।

नेकपा केन्द्रीय कार्यालयमा तालाबन्दीपछि झडपको सम्भावना हुनसक्ने भन्दै वरपर सुरक्षा व्यवस्था कडा पारिएको छ । आज प्रचण्ड पक्षधरले ओलीमाथि कारबाहीको घोषणा गरी अगाडि बढ्ने तयारी गरेपछि दुई पक्षबीच द्वन्द्व अझ चर्किएको छ । ओलीले भने कसैलाई कारबाही नगर्ने बताएका छन् ।-फाइल तस्बिर



प्रतिक्रिया दिनुहोस्