Logo

बामदेव र बादलबीच भेट, यी दुई कता ?



काठमाडौं, ७ पौष । नेपाल कम्युनिस्ट पार्टी केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड पक्ष बनेर फुटेपछि सचिवालयमा रहेका बामदेव गौतम र रामबहादुर थापा बादलले कित्ता स्पष्ट पारेका छैनन् । दुवै नेताहरुलाई ओली र प्रचण्डले आफ्नो पक्षमा पार्न निरन्तर प्रयासरत छन् । तर, दुवैले तटस्थको अडान छाडेका छैनन् ।

आज बामदेवलाई भेट्न बादल भैंसेपाटीस्थित निवासमै पुगेका छन् । दुवैबीच भविष्यमा कसरी बढ्ने भन्नेबारे गम्भीर कुराकानी भएको बुझिएको छ ।

आज विहान बामदेवलाई भेट्न प्रचण्ड, झलनाथ, नारायणकाजीलगायतका नेताहरु भैंसेपाटी पुगेका थिए । बादललाई पनि प्रचण्डले पुल्चोक पुगेर भेटेका थिए । तर, दुवैले तटस्थको अडान राखे । बामदेवले पार्टी विभाजनको साक्षी बन्न नसक्ने जवाफ दिए ।

कमजोर भए बामदेव र बादल

बामदेव र बादलले तटस्थको मोर्चा बनाएर अझै पनि पार्टीलाई एक बनाउने प्रयासबारे छलफल गरेको बुझिएको छ । उनीहरु फरक मोर्चा बनाएर जाने तयारीमा रहेको विश्वस्त स्रोतले बताएको छ । वामदेव त पार्टी फुटेमा अर्को दल बनाउने तयारी गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्