Logo

ओलीलाई पार्टीबाटै हटाउने निर्णय



काठमाडौं, ७ पौष । ओलीलाई अध्यक्षसहित पार्टीबाट हटाउने निर्णय गरेको छ । आज बसेको कार्की बैंकेटमा प्रचण्ड पक्षीय बैठकले यस्तो निर्णय गरेको हो ।

आजको बैठकमा ३ सय भन्दा बढी मौजुदा केन्द्रिय सदस्य सख्या मध्ये ३ सय १० जना उपस्थित थिए । ४४७ मौजुदा सदस्य सख्याको दुई तिहाई हो ।

नेकपाको मौजुदा केन्द्रीय कार्यसमितिको ४ सय ४७ मध्ये ३ सय १० जनाको उपस्थिति भएको बैठकले ओलीलाई हटाउने निर्णय गरेको हो । बैठक अध्यक्ष प्रचण्डको अध्यक्षतामा बसेको थियो । वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि सहभागी थिए ।

प्रधानमन्त्री ओलीले संसद बिघटन गराएपछि नेकपाभित्रको विवाद चर्किएको थियो । यसअघि ओली पक्षीय नेकपा बैठकले केन्द्रीय कमिटी बैठक विस्तार गरी ११ सय ९९ बनाउने निर्णय गरेको थियो । केन्द्रीय सदस्य थपेको जानकारीसहितको पत्र निर्वाचन आयोगमा समेत पठाएको छ ।



प्रतिक्रिया दिनुहोस्