Logo

पहिला खान नपाउने भारती सिंह आज करौडौको मालिक



एजेन्सी, ७ पुस । कमेडी क्वीन भारती सिंह आज यस्तो नाम बनेको छ, जसको पहिला मनिसहरुको अगाडि परिचय गराउने कुनै पनि माध्यम थिएन् । भारतीले एक कमेडियन रुपमा नयाँ आयाम बनाएकी छिन् । एक समय यस्तो थियो जुन समयमा पुरुषले मात्र कमेडी गर्न सक्थे तर भारतीले कमेडी मार्फत महिला पनि केही कुरामा कम छैनन् भन्ने साबित गरिदिएकी थिइन् ।

लागुऔषध प्रकरणमा मछिएपछि भारती र उनका पति हर्ष लिंबाचिया दुःखी भएका थिए । दुवैजनालाई एनसीबीले नियन्त्रणमा लिएको थियो र केही दिनपछि उनीहरु जमानतमा रिहा भए । प्रहरी हिरासतबाट छुटेपछि भारती काममा फर्किएकी छिन् । वर्तमान समयमा उनीसँग करौडौको बंगला छ, तर कुनै समयमा उनीसँग खाने पैसा सम्म पनि हुने थिएन् उनले बताएकी छिन् ।

भारतीले कैयौपटक आफ्नो बालपनमा भएको गरिबिको बारेमा राष्ट्रिय टेलिभिजनमा सम्झने गर्छिन् । उनको बालपन धेरै मुस्किलमा बितेको थियो । भारती आमा र भाईबहिनीसँग एक कोठामा बस्थिन् । उनले एक समयमा खान नपाएको पनि बताउछिन् । त्यो दुखद समयमा भारतीलाई जीवनमा केही ठुलो काम गर्ने इच्छा थियो । तर उनको मोटोपनले पनि झन चिन्तित बनाउने गर्थ्र्यो । तर अहिले उनै मोटी भारतीले लल्ली बनेर सबैको मनमा स्थान बनाउन सफल भएकी छिन् । उनी विस्तारै–विस्तारै आफ्नै मेहेनतले कमेडीको दुनियामा प्रवेश गरिन् र एक ठुलो नाम बनाइन् ।

भारती आज ठुलो बंगलामा बस्छिन् । उनको घर प्रख्यात इन्टिरियर डिजाइनरले बनाएका हुन् । उनको नयाँ घर एल शेपमा बनाइएको छ । बंगलाको साथै उनीसँग ठुला गाडीहरु पनि छन् । उनका आडीदेखि मर्सिडीज गाडी छन् । उनले कसैसँग पनि एक शो को लागि धेरै रकम लिने गर्छिन् । भारतीले २५ देखि ३० लाख एक शो को चार्ज लिने गर्छिन् । उनको वार्षिक आय लगभग ८ करोड रुपैयाँ रहेको छ । हर्ष लिंबाचियासँग भारतीले २०१७ मा विवाह गरेकी थिइन् ।



प्रतिक्रिया दिनुहोस्