Logo

नेकपा नेता पुजा विश्वकर्मा र अभियन्ता विष्णुमाया नेपाली कांग्रेसमा प्रवेश



काठमाडौं, ७ पुस । नेपाल कम्युनिस्ट पार्टीका युवा नेता पुजा विश्वकर्मा र सामाजिक अभियन्ता विष्णुमाया लामा नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । मंगलबार रिपोर्टस क्वल नेपालमा पत्रकार सम्मेलनको आयोजना गरी नेपाली कांग्रेसमा प्रवेश गरेको जानकारी दिएका हुन् ।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेपाली कांग्रेसकी नेता तथा सामाजिक अभियन्ता पवित्रा लामाले युवाहरुको अबको एकमात्र बिकल्पको रुपमा नेपाली कांग्रे्रेस भएको बताइन् । उनले देश बचाउन महिला नेतृत्वको आवश्यकता रहेको औल्याइन् । ‘दिन दिनै देशमा बलात्कारका घटना भैरहेका छन् । तर, दुईतिहाईको सरकार मौन छ ।’ लामाले भनिन्, ‘प्रचण्ड, ओली, बिद्यालाई चुनौती दिन चाहान्छु ।’

त्यसैगरी, कार्यक्रममा भर्खरै कांग्रेस प्रवेश गरेकी पुजा विश्वकर्माले नेकपाले आफुले गरेको दुःख नदेखेको गुनासो गर्दै बाध्य भएर कांग्रेस प्रवेश गरेको बताइन् । उनले भनिन्, ‘नेपाली कांग्रेस बेसाहाराको लागि एक मात्र साहारा बनेकोे छ ।’

त्यस्तै, पुर्व लडाकु लेलिन विष्टले कार्यक्रममा कम्युनिस्टले देखाएको आचरण कम्युनिस्ट जस्तो नभएको बताए । मंगलबार नै नेतृ पुजा विश्वकर्मा लगायतलाई नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा र नेका पुर्व सांसद तीर्थ लामाले पार्टी कार्यालय सानेपामा स्वागत गर्ने भएका छन् ।



प्रतिक्रिया दिनुहोस्