काठमाडौं, ७ पुष । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले उल्टो गतिमा देश लगेको गम्भीर आरोप लगाएका छन् । प्रधानमन्त्री ओलीले संविधानले दिँदै नदिएको अधिकार प्रयोग गरेको यादवको भनाई छ । संसद विघटन गरेर चुनावमा जाने प्रधानमन्त्री ओलीको कदम आपत्तिजनक रहेको र राजनीतिमा अपराधीकरण भएको पनि यादवले जनाए । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । हेरौं कुराकानीको पूरा भिडिओ :