Logo

खेलकुद विकास समितिका कर्मचारी अख्तियारको नियन्त्रणमा



काठमाडौं, ७ पुस । खेलकुद विकास समितिका खरिदार तिलक प्रसाद घिमिरेलाई अख्तियारले नियन्त्रणमा लिएको छ । खेलकुद विकास समिति सानोगौचरण, काठमाडौंका खरिदार (सहायक द्वितीय) घिमिरेलाई १५ हजार रुपैयाँ अतिरिक्त रकमसहित नियन्त्रणमा लिएको थियो ।

खरिदार घिमिरेले क्लवको प्रमाण पत्र नविकरण गर्नको लागि सेवाग्राहीसँग अतिरिक्त रकम माग गरिरहेको सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रकमसहित नियन्त्रणमा लिएको थियो । घिमिरेमाथि थप अनुसन्धान भएको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्