Logo

माधव नेपाल बने नेकपाको अध्यक्ष, महरा स्थायी कमिटी सदस्य मनोनित (भिडिओसहित)



काठमाडौं, ७ पुष । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नयाँ अध्यक्षमा माधवकुमार नेपाल चयन भएका छन् । पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल समूहको आज बसेको केन्द्रीय कमिटीको आज मंगलबार बबरमहलस्थित् कार्की ब्याङक्वेटमा बसेको बैठकले नेता नेपाललाई अध्यक्षमा चयन गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जनाए ।

प्रवक्ता श्रेष्ठकाअनुसार बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीले ऐतिहासिक राजनीतिक परिवर्तन, संविधान, लोकतन्त्र, पार्टी एकताको विरुद्धमा कार्य गरेकाले पार्टी अनुशासनको गम्भीर उल्लंघन गरेकाले पार्टीको अन्तरिम विधान अनुसार अनुशासनको कारबाही गरी पार्टी अध्यक्षको जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरेको छ । ओलीलाई अध्यक्षको जिम्मेवारीबाट हटाएपछि रिक्त रहेको उक्त अध्यक्ष पदमा नेता नेपाललाई चयन गरिएको उनले जनाए ।

त्यस्तै, पूर्वसभामुख तथा सांसद कृष्णबहादुर महरालाई स्थायी कमिटी बैठकमा मनोनीत गर्ने स्थायी कमिटीको प्रस्तावलाई पनि अनुमोदन गरेको छ । अर्को बैठक पुष ९ गते विहान ११ बजे बोलाइएको छ । Photo By : Mukunda Kalikote/ReportersNepal



प्रतिक्रिया दिनुहोस्