Logo

घट्यो डिजिटल कारोबार



काठमाडौं, पुस ८ । बन्दाबन्दी तथा निषेधाज्ञा र त्यसपछिको समयमा डिजिटल कारोबार क्रमशः बढ्दै गएकोमा कात्तिक महीनामा भने यसको संख्या घटेको छ ।

गत चैत ११ गतेदेखि असारसम्म कोभिडको उच्च सतर्कता अपनाएका बेला र यसपछि बजार पूर्णरूपमा खुला नभएका कारण अधिकांश ग्राहकले नगदभन्दा डिजिटल भुक्तानीलाई प्राथमिकता दिए । बन्दाबन्दी हटाउँदै जाँदा अर्थतन्त्र चलायमान हुने क्रममा रहे पनि असोजसम्म बढेको डिजिटल कारोबार कात्तिकमा भने केही कमी देखिएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार गत असोजको तुलनामा कात्तिकमा डिजिटल उपकरणहरू मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ आरटीजीएस (रियल टाइम ग्रस सेटलमेन्ट), आईपीएस, कनेक्ट आईपीएस वालेट, ई–कमर्शका कारोबार घटेको छ । मोबाइल बैंकिङमार्फत हुने कारोबार एकै महीनाको अन्तरमा २ लाख ६ हजारको संख्यामा रू। ३ अर्ब १५ करोडले घटेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । यस्तो कारोबार गत असोजमा ७८ लाख ५० हजारको संख्यामा भएकामा कात्तिकमा घटेर ७६ लाख ४३ हजारको संख्यामा मात्रै भएको थियो ।

त्यसैगरी, इन्टरनेट बैंकिङमा ५४ हजारको संख्यामा रू। ८७ करोड रुपैयाँ बराबरको कारोबार संकुचन भएको छ । गत असोजमा यसबाट २ लाख ७५ हजारको संख्यामा रू। ६ अर्ब बराबरको कारोबार भएकोमा कात्तिकमा २ लाख २१ हजारको संख्यामा रू। ५ अर्ब ४३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । २ लाखभन्दा बढी रकम तत्कालै भुक्तानी गर्न मिल्ने आरटीजीएस प्रणालीमार्फत असोजको दाँजोमा कात्तिकमा ६ हजार ६ सयको संख्यामा घटेर २ खर्ब ९८ अर्ब रुपैयाँले कम भुक्तानी भएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।

आईपीएसमार्पmत हुने भुक्तानी पनि सो अवधिमा ४ लाख २२ हजारको संख्यामा घट्दा ६३ अर्ब रुपैयाँ बराबरको कम कारोबार भएको छ । यस्तै, कनेक्ट आईपीएसमा पनि २ लाख ३१ हजारको संख्यामा कारोबार घट्दा रू। १५ अर्ब ३८ अर्ब रुपैयाँ बराबरको रकम संकुचन भएको छ । वालेटमार्पmत हुने भुक्तानी ४ लाख २६ हजारको संख्यामा घट्दा रू। १ अर्ब २९ करोड बराबरको कम रकम कारोबार भएको छ । उक्त अवधिमा क्यूआरमा आधारित भुक्तानी २३ हजारको संख्यामा रू। ३ करोड बराबरले कमी देखिएको छ ।

नेपाल राष्ट्र बैंक भने पहिलाको तुलनामा विद्युतीय भुक्तानी पूर्वाधारमा भएको विकास, विद्युतीय भुक्तानी कारोबारका लागि गरिएको प्रोत्साहन र सर्वसाधारणको विद्युतीय भुक्तानी उपकरण प्रयोगमा बढ्दो अभ्यासको कारण विद्युतीय भुक्तानी कारोबारमा उल्लेख्य वृद्धि भएको दाबी गरेको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्