Logo

बेलायतबाट नेपाल आउने यात्रुको आगमनमा रोक



काठमाडौं, पुस ८ । बेलायतमा नयाँ कोरोना भाइरसको प्रजाति भेटिएसंँगै  नागरिक उड्ययन प्राधिकरणले बेलायतबाट नेपाल आउने यात्रुको आगमनमा रोक लगाउने निर्णय गरेको छ । प्राधिकरणले नेपालमा उडान गरिरहेका अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई पत्र काट्दै अन्तर्राष्ट्रिय हवाई सेवा रोक्न भनेको छ ।

बेलायतमा कोरोना सङ्क्रमणको नयाँ भाइरस पुष्टि भएको समाचार आएसंँगै प्राधिकरणले बेलायतबाट कुनै पनि एयरलाइन्सले सीधा उडानबाट वा बेलायतको कुनै पनि विमानस्थलमा ट्रान्जिटमार्फत यात्रु ल्याउन नपाउने निर्देशन दिएको हो । प्राधिकरणको यो निर्णय बुधबार राति १२ बजेबाट लागू हुने जनाएको आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्