Logo

ओली र देउवाको साँठगाँठमा प्रतिनिधिसभा बिघटन !



काठमाडौं, पुस ८ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको साँठगाँठमा मध्यावधि चुनाव घोषणा भएको बुझिएको छ । ओलीले देउवासँग केही दिन अघि भएको भेटमा सम्भावित कदमबारे कुराकानी भएको बुझिएको छ । सो अनुसार आइतबार प्रतिनिधिसभा बिघटनको सिफारिश भएको अनुमान लगाइएको हो ।

विश्वस्त स्रोतका अनुसार भेटमा मध्यावधिमा जाने भए भित्री रुपमा समर्थन गर्ने देउवाको जवाफ थियो । ओलीको कदमप्रति अहिले देउवा खासै कडा रुपमा प्रस्तुत भएका छैनन् । बरु उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत केही संवैधानिक निकायमा आफूले चाहेका व्यक्तिहरुलाई नियुक्तिको सिफारिश गराउन सफल भएका छन् ।

विगतमा पनि ओली र देउवाबीच कतिपय निर्णयहरुमा साँठगाँठ भएको थियो । उनले ओलीका कतिपय कदममा मौन समर्थन गरेका थिए । यसपटक प्रतिनिधिसभा बिघटनमा पनि देउवाले खासै विरोध गरेका छैनन् । यो दुई नेताबीचको सहमतिमै चालिएको कदम भएको बुझिएको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्