Logo

संसद् विघटनपछि निर्वाचन क्षेत्र कार्यक्रम अन्योलमा



काठमाडौं, पुस ८ । संसद् विघटन भएसँगै प्रत्येक निर्वाचन क्षेत्रमा खर्च हुने ४ करोड रुपियाँ (स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम)को बजेट के हुने भन्ने प्रश्न उठेको छ ।

आउँदो वैशाख १७ र २७ गते दुई चरणमा चुनाव गराउन कसरी खर्च जुटाउने भनेर प्रधानमन्त्री केपी शर्मा ओलीसँगको आइतबारको भेटमा निर्वाचन आयुक्तहरुले अर्थमन्त्री विष्णु पौडेलसमक्ष सोधेका थिए । यही सन्दर्भलाई जोडेर संसद् नै विघटन भएपछि सो कार्यक्रम (कतिपयले संसद् विकास कोषकै परिवर्तित नाम भनेका छन्) के हुने भन्ने चासो उठेको हो ।

चालू आर्थिक वर्ष २०७७र०७८ को बजेटमा स्थानीय पूर्वाधार विकास साझेदार कार्यक्रमअन्तर्गत ६ अर्ब ६० करोड रुपियाँ छुट्टयाइएको छ । सो कार्यक्रमको स्थानीय तहबाट योजना छनोट गर्नुपर्ने प्रावधान रहेको छ । कार्यक्रमअन्तर्गत एउटा निर्वाचन क्षेत्रमा तीन वर्षभित्र सम्पन्न हुने गरी सडक, खानेपानी सिँचाइ र नदी नियन्त्रणसम्बन्धी आयोजना सञ्चालन गर्नुपर्नेछ ।

निर्देशिकाअनुसार ५० लाखभन्दा कम बजेटका खुद्रा योजनामा रकम खर्च गर्न पाइँदैन । सम्बन्धित सांसदले प्रतिनिधित्व गर्ने पार्टीका कार्यकर्ताले माग गरेका योजनाहरु बढी छनोटमा पर्ने गरेको छ ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार मंसिरसम्ममा १ सय ६५ वटा स्थानीय तहले सो कार्यक्रमका लागि योजना छनोट गरिसकेका छन् ।

ती स्थानीय तहले योजना छनोट गरेर जिल्ला समन्वय समितिमा जानकारी दिइसकेका छन् ।कतिपयले चुनावी खर्च जुटाउने एउटा स्रोत स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको बजेट पनि हुन सक्ने बताउँदै आएका छन् ।

चालू आर्थिक वर्ष २०७७र०७८ को बजेटमा स्थानीय पूर्वाधार विकास साझेदार कार्यक्रमअन्तर्गत ६ अर्ब ६० करोड रुपियाँ छुट्याइएको छ । यो भनेको एक निर्वाचन क्षेत्रका लागि ४ करोड रुपियाँ बराबर रहेको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्