Logo

पर्यटनसँगै खेलकुद पूर्वाधारमा चासो



पोरखा, पुस ८ । पोखरा पर्यटकीयसँगै खेलकुदको पनि सहर हो।त्यसैले होला अहिले यहाँ खेलकुद पूर्वाधार निर्माण भइरहेका छन्। देशकै दोस्रो ठूलो सहर पोखरामा पूर्वाधार क्षेत्रमा लगानी पनि बढ्दै गएको छ।नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता संघारमा छ।

गण्डकी प्रदेश सरकार नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लिएर उत्साहित छ।त्यहीँ उत्साहलाई थप उर्जासहितको खेलकुद उचाईमा पुर्याउन प्रदेशका ११ वटै जिल्लामा पूर्वाधार निर्माणको गतिले तिव्रता लिएको छ।

गण्डकी प्रदेशमा सबै जिल्लामा खेलकुद पूर्वाधार निर्माणले गति दिएको छ।पोखरामा युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् ९राखेप० मार्फत प्राप्त बजेटले अधिकांश पूर्वाधार निर्माण भइसकेका छन्।केही निर्माणको चरणमा छन्।

अब गण्डकी प्रदेश खेलकुदको गन्तव्य समेत बन्नेछ।हिमाली क्षेत्रमा हाईअल्टिच्युड खेल मैदान निर्माणको संघारमा छ।हिमालपारीको जिल्ला मुस्ताङमा गत वर्षदेखि फुटबल मैदानसहित भलिबल तथा बास्केटबल कोर्ट निर्माणको योजनासहित काम अघि बढाइएको छ।

त्यस्तै नवलपुरमै आधा दर्जन कभर्ड हल निर्माण भएका छन्।‘एक स्थानीय तह, एक खेल मैदान’ प्रदेश सरकारक नीति रहेको छ।सोही नीति अनुसार सरकारले लगानी बढाउँदै गएको आजको नागरिक दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्